१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


राखी सावन्तका श्रीमान् आदिलविरुद्ध बलात्कारको मुद्दा दर्ता


975
Shares

एजेन्सी । भारतीय अभिनेत्री तथा मोडल राखी सावन्तका श्रीमान् आदिल खानविरुद्ध बलात्कारको मुद्दा दर्ता भएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार इरानकी एक विद्यार्थीले आदिलमाथि बलात्कारको उजुरी दिएकी हुन् । आदिलले विवाह गर्छु भन्दै ५ महिनासम्म बलात्कार गरेको भन्दै ती विद्यार्थीले आरोप लगाएकी छन् ।

एकातिर राखीले आदिलविरुद्ध कुटपिट गरेको र धोका दिएको आरोप लगाएकी छिन् भने यसैबीच अब आदिलविरुद्ध बलात्कारको मुद्दा पनि लागेको छ ।

ती विद्यार्थीले मैसूरको विवी पुरम प्रहरी चौकीमा उजुरी दिएकी हुन्। प्रहरीले आदिल विरुद्ध आईपीसीको धारा ३७६,४१७,४२०,५०४ र ५०६ अन्तर्गत मुद्दा दर्ता गरेको छ।

प्रहरीका अनुसार ती इरानी महिला फार्मेसी पढ्न भारत आएकी थिइन् । उनी मैसूरको एउटा कलेजमा भर्ना भएकी थिइन् , जहाँ उनले आदिललाई भेटेकी थिइन् । आदिल त्यहाँ एउटा फूड आउटलेटको मालिक थिए, इरानी महिला त्यहाँ बारम्बार जाने गर्थिन ।

बिस्तारै यी दुईबीचको निकटता बढ्दै गयो । दुवैजना सँगै एउटै फ्ल्याटमा बसे, तर ती महिलाले आदिललाई आफूसँग विवाह गर्न आग्रह गर्दा उनले धेरै केटीसँग आफ्नो यस्तो सम्बन्ध रहेको भन्दै विवाहको लागि अस्वीकार गरिदिए ।

ती महिलाले आदिललाई आफूसँग बिहे नगरे प्रहरीमा उजुरी दिन्छु भन्दै धम्की दिदाँ आदिलले उल्टो उनको केही अश्लिल तस्बिरहरू सोसल मिडियामा सेयर गर्ने र आमाबुवालाई पनि पठाउने भन्दै ज्यान मार्ने धम्की समेत दिएका उजुरीमा बताएकी छिन् ।