१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


नेपाल–भारत सचिव स्तरीय बैठक सुरु


104
Shares

काठमाडौं । नेपाल र भारतको सचिव स्तरीय बैठक काठमाडौंमा सुरु भएको छ ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल र भारतीय विदेश सचिव विनयमोहन क्वात्रा बैठकमा सहभागिता जनाउन दरमार्गस्थित होटल याक एण्ड यतिमा पुग्नु भएको छ । भारतीय सचिव क्वात्रा आजै परराष्ट्र सचिव पौडेलको निमन्त्रणामा काठमाडौं आइपुग्नु भएको हो । सचिवस्तरीय बैठकमा कनेक्टीभिटी, विद्युत व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा छलफल हुनेछ । दुई दिने नेपाल भ्रमणमा आउनु भएका भारतीय विदेश सचिव क्वात्रा सचिव स्तरीय बैठकपछि आजै पराराष्ट्र मन्त्रालयले उहाँको सम्मानमा आयोजना गरेको दिवाभोजमा सहभागी हुनुहुनेछ ।

दुई दिने नेपाल बसाइका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्र मन्त्री विमला राई पौड्याल सहित राजनीतिक दलका प्रमुख लगायत सरकारी उच्च अधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । विदेश सचिव क्वात्रा मंगलबार स्वदेश फर्कनुुहनेछ ।