८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


थप १ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ६ जना


104
Shares

काठमाडौं । थप १ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५ सय ४९ जनाको नमूना परीक्षण गरिएको थियो ।

५४७ जनाको पीसीआर र २ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोमबार देशभर २ जना संक्रमणमुक्त भएका छन् भने ६ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन ।