१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फेरी विवाह गर्दै हार्दिक र नताशा


780
Shares

एजेन्सी । भारतीय क्रिकेटर हार्दिक पाण्डेय र भारतीय अभिनेत्री तथा मोडल नताशा स्टान्कोभिकले फेरि हिन्दु परम्परा अनुसार विवाह गर्ने भएका छन् ।

कोभिडको समयमा गोप्य रुपमा विवाह गरेको यो जोडीले ‘भ्यालेन्टाइन डे’ को अवसरमा परम्परागत रितिरिवाज अनुसार विवाह गर्न लागेका हुन् ।

भारतीय सञ्चार माध्यामहरुका अनुसार राजस्थानको उदयपुरमा उनीहरुको भव्य विवाह समारोह हुनेछ । हार्दिक र नताशा फेब्रुअरी १३ मा सम्पूर्ण परिवारसँग मुम्बई एयरपोर्टमा देखिएका थिए। त्यहाँबाट सबैजना राजस्थानको उदयपुर प्रस्थान गरेका थिए ।

विवाह फेब्रुअरी १३ बाट सुरु भई १६ फेब्रुअरी सम्म सम्पन्न हुनेछ । पारिवारिक स्राेतका अनुसार विवाहको थिम पूर्णतया सेतो राखिएको छ । दुलहीको रूपमा, नताशाले सेतो गाउन लगाउने छिन्। फेब्रुअरी १३ गते साँझदेखि नै विवाहपूर्व मेहदी, संगीत र हल्दी जस्ता समारोहहरू सुरु हुनेछन्।

गोप्य रुपमा विवाह गरेको यो जोडीले २०२० मा एक सन्तानलाई जन्म दिएका छन् । बच्चाको जन्मको जानकारी हार्दिक आफैंले सामाजिक सञ्जालमार्फत दिएका थिए । दुवैले कानुनी रूपमा विवाह गरिसकेका छन् तर, अहिले सबै साथीभाइ र आफन्तहरूको उपस्थितिमा धूमधामका साथ फेरि विवाह गर्न लागेका हुन् ।

हार्दिक र नताशाको भेट मुम्बईको एक क्लबमा भएको थियो । त्यहीँबाट दुवैबीच मित्रता प्रेममा परिणत भएको थियो ।