१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नवलपरासी प्रहरी कार्यालय भवनकाे निर्माण कार्य सम्पन्न


78
Shares

नवलपरासी । नवलपरासीकाे प्रहरी कार्यालय भवनकाे निर्माण सम्पन्न भएको छ ।

भवनको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुजा सिंहले उद्घाटन गर्दे आवासले प्रहरीको सेवा प्रवाहमा सकारात्मक प्रभाव पार्ने बताउनुभएकाे हाे । प्रहरीको क्षमता विकास र संरचनाहरुलाई प्रविधियुक्त बनाउन प्रहरी प्रधान कार्यालय लागि परेको उहाँको भनाइ थियो ।

उहाँले देशभर अझ पनि ८ सय ८० वटा कार्यालय भवन विहीन रहेको जानकारी दिनुभयो । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआईजी) टेकप्रसाद राईले प्रहरीले जनतालाई सेवा भावका रुपमा जिम्मेवारी पूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो ।

भवन ४ करोड रुपैयाँको लागतमा निर्माण भएको हो । जिल्ला प्रहरी कार्यालयको परिसरमा निर्माण गरिएका ४ वटा भवन निर्माण सम्पन्न गर्न ४ करोड ३७ लाख रुपैयाँ लागेको हो । भवन अपाङमैत्रीसहित सुविधा सम्पन्न रहेको प्रहरी नायब उपरीक्षक इधु्रव अधिकारीले बताउनुभयो ।