१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘ड्रिम गर्ल २’को टिजर : पूजाले बताइन् ‘पठान’लाई फिल्मको रिलिज मिति


533
Shares

एजेन्सी । भारतीय चर्चित अभिनेता अभिनित आयुष्मान खुरानाकको फिल्म ‘ड्रिम गर्ल २’को टिजर सार्वजनिक भएको छ ।

आयुष्मानको फिल्म ‘ड्रिम गर्ल’लाई दर्शकले रूचाएका थिए । बक्स अफिसमा सफलता हासिल गरेसँगै फिल्मको दोस्रो भाग बन्ने भएको छ । मंगलबार एक टिजर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति तय गरिएको छ । फिल्मको पहिलो भागमा आयुष्मान युवतीको भूमिकामा देखिएका थिए ।

सार्वजनिक टिजरमा आयुष्मान (पूजा)लाई ‘पठान’(शाहरूख खान)सँग फोनमा कुरा गरिरहेको देखाइएको छ । शाहरूखले आफ्नो फिल्म ‘जवान’ छिट्टै आउने बताइरहँदा आयुष्मानले पनि फिल्म ‘ड्रिम गर्ल २’ आगामी जुलाई ७ मा रिलिज हुने बताएका छन् ।

फिल्ममा आयुष्मानसँगै अनन्या पाण्डे, परेश रावल, अनु कपूर, विजय राज, राजपाल यादव, सीमा पहवा, गोवर्धन अस्रानी, अभिषेक बनेर्जी, मन्जोत सिंह, मनोज जोशी, अनुशा मिश्रालगायत कलाकारको अभिनय रहने छ ।

राज शान्दिल्याद्वारा लिखित एवं निर्देशित फिल्म ‘ड्रिम गर्ल २’ मा एकता कपूर र शोभा कपूरको लगानी रहेको छ।