१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


अहिलेको राजनीतिक अवस्था फेर्न देशी विदेशी शक्तिहरु लागेका एमाले अध्यक्ष ओलीको दाबी


234
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको अहिलेको राजनीतिक अवस्था फेर्न देशी विदेशी शक्तिहरु लागि परेको बताउनु भएको छ ।

मंगलबारबाट काठमाडौंमा सुरु भएको अनेरास्ववियुको २३ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको राजनीतिक अवस्था फेरिन सक्ने उल्लेख गर्नु भयो । अहिलेको सत्ता गठबन्धनलाई भत्काउन देश भित्र र बाहिरबाट खेल भइरहेको पनि ओलीको दाबी छ ।

उहाँले देशमा बिभिन्न समस्याहरु रहेका र त्यो समस्या समाधान एमालेले गर्ने उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले मातृभूमिको रक्षा एमालेले मात्रै गर्ने दाबी गर्नुभयो । उहाँले अनेरास्ववियुले नेपालको विद्यार्थी आन्दोलनमा मात्रै नभएर नेपालको राजनीतिमै अत्यन्तै महत्वपूर्ण भूमिका र गौरवपूर्ण इतिहास बोकेको बताउनुभयो ।