
काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहनु भएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच मंगलबार भेटवार्ता भएको छ ।
भारतीय विदेश सचिव क्वात्राले सिंहदरवारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उपप्रधानमन्त्री श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गर्नु भएको हो । सो भेटवार्तामा उपप्रधानमन्त्री श्रेष्ठले नेपालको रेल्वे, आर्थिक समृद्धि, नेपाल–भारतबीच भएका सन्धी सम्झौता तथा भारतीय पक्षले लगानी गरेका आयोजनाका बारेमा कुरा राख्नु भएको थियो ।
त्यस्तै भारतीय विदेश सचिव क्वात्राले भारतीय कम्पनीले संचालन गरिरहेको जयनगर–कुर्था रेल सञ्चालनको म्याद नवीकरणको विषयमा कुरा राख्नु भएको थियो । जयनगर–कुर्था रेलको संचालन भारतीय कम्पनी “केआरसिएल“ ले गर्दै आएको छ । त्यसको म्याद सकिन लागेकाले विदेश सचिव क्वात्राले नवीकरणको विषय उठाउनु भएको हो । यसैगरी उपप्रधानमन्त्री श्रेष्ठ र विदेश सचिव क्वात्राबीच दुइदेशको आपसी हित सम्वन्धि अन्य विविध विषयमा पनि छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस्