
काठमाडौं । अभिनेता अनमोल केसी र अभिनेत्री आना शर्माको मुख्य भुमिका रहको चलचित्र ‘जेरी २’ को थिम पोस्टर सार्वजनिक भएको छ ।
सार्वजनिक पोस्टरमा एक युवालाई ब्याग बोक्दै लौरी टेकेर यात्रामा हिँडिरहेको देख्न सकिन्छ । हेमराज बिसीको निर्देशनमा निर्माण हुने यस चलचित्रमा पुर्णिका सिजापतीको पनि मुख्य भुमिका रहेको छ ।
८ वर्ष अघि निर्माण भएको सुपरहिट चलचित्र ‘जेरी’को सिक्वेलको रुपमा यो चलचित्र निर्माण भएको हो । चलचित्रमा अभिनय गर्न अन्य कलाकारको लागि निर्माण पक्षले दार्जिलिङ, सिक्किम र गान्तोकमा अडिसन समेत गरेको थियो ।
अनन्या फिल्मस् र नेपकम्स ग्लोबलको ब्यानरमा निर्माण हुने ‘जेरी अन टप’लाई सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठले निर्माण गरेका छन् । चलचित्रको कथा, पटककथा तथा संवाद निर्देशक बिसी र विश्वास तिमल्सिनाले लेखेका हुन् ।
फागुन अन्तिम साताबाट फ्लोरमा जाने उक्त चलचित्रको छायांकन अस्ट्रेलिया, अमेरिका र सगरमाथा क्षेत्रलगायतका रमणीय स्थानमा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्