८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


आज नामिबिया र स्कटल्याण्ड भिड्दै


169
Shares

काठमाडौं । आईसीसी विश्वकप लिग–टू क्रिकेट अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय श्रृंखलामा बुधबार नामिबिया र स्कटल्याण्ड भिड्दैछन् ।

किर्तीपुरस्थित टि यु क्रिकेट मैदानमा मंगलबारबाट सुरू भएको श्रृंखलाको यो दोस्रो खेल हो ।

बुधबारको खेल जित्दै स्कटल्याण्ड श्रृंखलामा विजयी सुरूवात गर्न चाहन्छ भने नामिबिया मंगलबार नेपालसँग भोगेको हार बिर्साउने योजनामा हुनेछ ।

श्रृंखलाको पहिलो खेलमा नामिबिया नेपालसँग २ विकेटले पराजित भएको थियो ।

सात राष्ट्र सम्मिलित विश्वकप लिग–टु क्रिकेटमा स्कटल्याण्ड शिर्ष स्थानमा रहेको छ भने नामिबिया तेस्रो तथा नेपाल छैटौं स्थानमा रहेको छ ।

फागुन २ गतेबाट सुरू भएको त्रिकोणात्मक सिरिज फागुन ९ गतेसम्म संचालन हुनेछ । यस सिरिजमा सहभागी तीनवटै टिमले एक अर्काविरुद्ध समान २/२ खेल खेल्ने छन् ।