
एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) युरोपियन च्याम्पियन्स लिग फुटबलको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा पराजित भएको छ ।
मंगलबार राति भएको खेलमा जर्मनीको बायर्न म्युनिखसँग पीएसजी १–० ले पराजित भएको हो ।
बायर्नलाई जिताउन किङ्सले कोम्यानले निर्णायक गोल गरे । उनले ५३ औं मिनेटमा अलफन्सो डाभिसको पासमा गोल गरेका थिए ।
अब दोस्रो लेग बायर्नको मैदानमा ८ मार्चमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्