१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अखिल महाधिवेशन : नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरू हुने


78
Shares

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि बुधबारबाट निर्वाचन प्रक्रिया सुरू हुने भएको छ ।

महाधिवेशनमा सकेसम्म सर्वसम्मत तवरले अध्यक्षसहित पदाधिकारीहरू र केन्द्रीय कमिटी चयन गर्ने तयारी छ । यदि सहमति हुन सकेन भने सम्भवत: बुधबार नै निर्वाचन हुनेछ ।

सुनिता बराल नेतृत्वमा रहेको अनेरास्ववियुको कमिटी विघटन गरेर मंगलबार महाधिवेशनका लागि अध्यक्षमण्डलसमेत घोषणा गरिएको थियो । एमालेका स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाललको अध्यक्षतामा ९ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ । जसमा खिमलाल भट्टराई, विनोद ढकाल, रचना खड्का, माधव ढुङ्गेल, किशोर विक्रम मल्ल, नबिना लामा, ऐन महर र सुनिता बराल सदस्य रहेका छन् ।

महाधिवेशनबाट आगामी दुई वर्षका लागि एक सय ९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी तथा अनुशासन, लेखा र निर्वाचन गरी तीन आयोग निर्वाचित हुनेछन् ।

अनेरास्ववियुको २३ औं महाधिवेशन मंगलबारबाट सुरु भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले ड्रोन उडाएर महाधिवेशनको उदघाटन गर्नुभएको थियो ।