
एजेन्सी । भारतीय अभिनेत्री प्रियंका चोपडाले टर्की र सिरियाका भूकम्पपीडितलाई सहयोग गर्न विश्वभरिका मानिसलाई आग्रह गरेकी छन् ।
आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमार्फत उनले टर्की र सिरियामा भइरहेको उद्धार कार्यको भिडियो सेयर गर्दै विनाशकारी भूकम्पका कारण घरबारविहीन हुन पुगेका टर्किस र सिरियालीप्रति दुःख व्यक्त गर्दै सहयोगका लागि अपिल गरेकी हुन् ।
उनले लेखेकी छन्, ‘विनाशकारी भूकम्पको एक सातापछि पनि टर्की र सिरियाका मानिसको दुःख र पीडा कम भएको छैन,’ उनले टर्किस र सिरियालीहरूको दुःख र पीडालाई कम गर्नका निम्ति प्रियंकाले संसारभरिका मानिसलाई गुहारेकी हुन् ।
फेब्रुअरी ६ मा टर्कीमा ७.८ म्याग्निुच्युडको शक्तिशाली भूकम्प गएको थियो । जसका कारण अहिलेसम्म ४० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । ८० हजारभन्दा बढी घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस्