
फाइल तस्वीर
काठमाडौं । बाँकेको नेपालगञ्जबाट नेपाली नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले नेपालगञ्ज उपमहानगर–२ स्थित न्यूरोडबाट कोहलपुर नगरपालिका–११ का ३३ वर्षीय मोहन कुमाइ, अछामको तुर्माखाँद गाउँपालिका–३ का ३७ वर्षीय दीपक बिसी र सल्यानको वनगाँड कुपेण्डे नगरपालिका–५ का ३० वर्षीय मोहन रानालाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले एक हजार दरका ५६९ थान नक्कली नोट बरामद गरेको छ ।
नक्कली नेपाली रुपैयाँ बोकेर हिँडिरहेका तीनै जनालाई मंगलबार साँझ प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस्