
काठमाडौं । काठमाडौंको धुम्बाराहीस्थित गोदामबाट ठूलो परिमाणमा म्याद गुज्रिएको वियर बरामद गरिएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले धुम्बाराहीको गोदामबाट म्याद गुज्रिएको बाह्रसिंगे बियर बरामद गरेको हो ।
तीन वटा गोदाममा भण्डार गरिएका २१ सय कार्टुन बाह्रसिंगे बियर म्याद गुज्रिएको फेला परेको विभागले जनाएको छ ।
म्याद गुज्रिएको वियरको मूल्य ६० लाख रुपैयाँ भन्दा बढी रहेको पनि विभागले जनाएको छ । ती वियर भण्डारण गरिएका गोदामहरुमा भने विभागले शील लगाएको छ ।
म्याद सकिएका वियरलगायतका उपभोग्य पदार्थहरु ठूला भोज, पिकनिक र रात्रीकालिन रेष्टुराँहरुमा आपूर्ति गर्ने गरिएको सूचनाका आधारमा विभागले छापा मार्दा ठूलो परिमाणको वियर फेला परेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्