९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


तत्काल गृहमन्त्री नियुक्त गर्न सांसद शाहीको माग


689
Shares

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले तत्काल गृहमन्त्री नियुक्त गरेर देशमा भइरहेको अराजकता स्थितिलाई नियन्त्रणमा लिन माग गर्नुभएको छ ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा उहाँले सोमबार नयाँ बसपार्कमा क्षेत्रमा भएको यातायात मजदुर र व्यवसायीहरुको प्रदर्शन र त्यसक्रममा भएको लुटपाट र तोडफोडको घटनालाई लिएर देशमा गृहमन्त्री नभएको अनुभूत भएको भन्दै तत्काल गृहमन्त्री नियुक्तिको माग गर्नुभएको हो ।

सबै मन्त्रालय प्रधानमन्त्रीले आफैंले सम्हाल्ने हो भने अरू मन्त्रालय किन बनाएको भनी शाहीले प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो देशमा गृह मन्त्रालयको संयन्त्र छ । तर, गृहमन्त्री किन खाली ? प्रधानमन्त्री नै सबै मन्त्रालयमा हुने भए अरू मन्त्रालय किन बनाएको ?’