१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अख्तियारको कार्य सम्पादनमाथि सांसद भण्डारीको प्रश्न


65
Shares

काठमाडाैं । नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्य सम्पादनमाथि प्रश्न उठाउनुभएको छ ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भण्डारीले आयोगको कार्य सम्पादन माथि नै प्रश्न उठाउनुभएको हो । उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिम कार्डमा भ्रष्टाचार गर्नु अपराध हो भन्ने आवाज राखेको उल्लेख गर्नुभयाे ।

त्यसरी आवाज सुनाउनुको ठाउँमा भ्रष्टचारीहरुको फाइल खोलेर कारबाही किन गर्न नसकेको भन्दै प्रश्न गर्नुभयो । उहाँले अयोगलाई भ्रष्टाचारीमाथि अनुसन्धान गरी कारबाही गर्न कसले रोकेको हो भन्दै प्रश्न समेत गर्नुभयो । सांसद भण्डारीले नेपालका नाटक चलिरहेको टिप्पणी गर्नुभयो ।

संसदलाई अबका दिनमा फरक तरिकाबाट जनमुखी नीति निर्माणको थलोको रुपमा अघि बढाउनुपर्ने सांसद भण्डारीले बताउनुभयो ।