२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


एनसेलको सहकार्यमा ‘ह्याकिंग फर ह्युम्यानिटी’ह्याकाथन सम्पन्न, टिम कोड क्राफ्टर्सले जित्यो प्रथम पुरस्कार


52
Shares

काठमाडौं । नीजि क्षेत्रको दुरसंचार प्रदायक संस्था एनसेलसँगको प्रमुख सहकार्यमा शिक्वल फाउन्डेसनले आयोजना गरेको तीनदिने नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन ‘ह्याकिंग फर ह्युम्यानिटी’ सफलताकासाथ सम्पन्न भएको छ ।

कार्यक्रममा देशका विभिन्न ठाउँबाट आएका ४८ सहभागीहरुले एकै ठाउँमा बसेर समाजका विभिन्न क्षेत्रका लागि उपयोगी हुने सोलुसन्सहरुमा काम गरेका छन् । ह्याकाथनको अन्तिम दिन गत आइतबार सम्बन्धित समूहहरुको पिचिङ् पश्चात विजयी समुहहरुको घोषणा गरिएको थियो । ह्याकाथनमा सहभागी १६ टिम मध्ये टिम कोड क्राफ्टर्सले नगद पुरस्कार १ लाख ५० हजार सहित प्रथम पुरस्कार जितेको छ । टिम क्राफ्टर्सको सोलुसनले सांकेतिक भाषा बुझ्न मद्दत गर्दछ । त्यस्तै पर्यटक क्षेत्र लक्षित सोलुसन बनाउँदै टिम सहयात्रीले दोश्रो स्थानमा रहन सफल भई १ लाख रुपैयाँ जित्न सफल भएको छ । ज्येष्ठ नागरिकलाई ध्यानमा राख्दै टिम पाईले बनाएको अर्लट सिस्टमले तेश्रो स्थान हासिल गर्दै ७५ हजार जित्न सफल बनेको छ ।

कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले यस्ता ह्याकाथनले सूचना प्रविधि क्षेत्रका युवा र उत्साही महिलाहरुलाई आफ्ना नवीन सोचलाई वास्तविकतामा बदल्न र उनीहरुमा रचनात्मकता बढाउन सहयोग गरेको बताएका थिए ।
एनसेलले विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन (डीईआई) प्रति आफ्नो प्रतिवद्धता अनुरुप महिलाहरुलाई सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन गर्ने प्रमुख उदेश्य अनुरुप शिकÞ्वल फाउन्डेसनसँग ह्याकाथनका लागि सहकार्य गरेको थियो ।

गत माघ २७ देखि २९ सम्म आयोजना गरिएको ह्याकाथनमा विभिन्न विषयहरुमा टक कार्यक्रम र कार्यशालाहरु आयोजन गर्दै सहभागी छात्राहरुलाई आफ्नो प्रोजेक्टको विकासको लागि चाहिने सिपहरु प्रदान गरिएको थियो ।