
काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ १६ अन्तर्गत पहिलो लेगमा प्रिमियर लिग क्लब चेल्सी पराजित भएको छ ।
बुधबार राति भएको खेलमा चेल्सी जर्मन क्लब बोरुसिया डर्टमण्डसँग १–० ले पराजित भएको हो ।
जर्मनीमा भएको खेलमा डर्टमण्डका लागि करिम अदियमीले ६३ औं मिनेटमा निर्णायक गोल गरे ।
अब दुई टोलीबीचको दोस्रो लेग मार्च ७ मा चेल्सीको मैदानमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्