२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


बेन्फिकाले क्लब ब्रुजलाई हरायो


52
Shares

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ १६ अन्तर्गत पहिलो लेगमा पोर्चुगलको बेन्फिकाले बेल्जियमको क्लब ब्रुजलाई पराजित गरेको छ ।

बुधबार राति भएको खेलमा बेन्फिकाले ब्रुजलाई २–० ले पराजित गरेको हो ।

बेन्फिकाका लागि हुँवा मारियो र डेभिड नेरेजले एक एक गोल गरे ।

खेलको ५१ औं मिनेटमा जोआओ मारियोले पेनाल्टीमा गोल गर्दै बेन्फिकालाई १–० को अग्रता दिलाए । त्यसपछि ८८ औं मिनेटमा डेभिट नेरेशले गोल गर्दै बेन्फिकालाई २–० को जित दिलाए ।

अब दोस्रो लेग बेन्फिकाको मैदानमा ७ मार्चमा हुँदैछ ।