
काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुँदैछ ।
बुधबारबाटै सुरू निर्वाचन प्रक्रियामा बिहीबार बिहान ८ बजेदेखि मतदान हुन लागेको हो ।
सर्वसम्मत नेतृत्व चयनका लागि सहमतिको प्रयास भए पनि अध्यक्ष पदका आकांक्षीहरु सहमत हुन नसकेपछि निर्वाचन प्रक्रिया सुरू भएको हो ।
महाधिवेशनले १ सय ९९ सदस्यीय केन्द्रीय समिति तथा ३ वटा केन्द्रीय आयोग पनि निर्माण गर्नेछ । प्रत्येक आयोगमा ५–५ जना सदस्य हुनेछन् ।
अध्यक्ष १, महासचिव र कोषाध्यक्ष १–१ जना, उपाध्यक्ष ४ र सचिव १० जना गरी पदाधिकारीहरुको चयन हुनेछ । १० सचिवमा ३ महिला, १ समावेशी र ६ खुला निर्वाचित हुनेछन् ।
अध्यक्षका लागिमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल र उपाध्यक्ष मोती विकले उम्मेदवारी दिएका छन् ।
अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनको मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्