२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पूर्व प्रधानमन्त्री खनाल आज भारत जाँदै


403
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल बिहीबार भारत जाँदै हुनुहुन्छ ।

भारतीय कम्युनिस्ट पार्टीको सम्मेलनमा सहभागी हुन भारत जान लाग्नु भएको उहाँको सचिवालयले जनाएको छ ।

बिहीबार बिहान १० बजे बुद्ध एयरको उडानबाट दुई दिनका लागि भारतको पटना जान लाग्नु भएको हो ।

सो क्रममा खनालको भारतीय कम्युनिस्टका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।