१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


कलाकार पवन खतिवडा छुटे


390
Shares

काठमाडाैं । कुटपिटको आरोपमा प्रहरी नियन्त्रणमा रहेका कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई प्रहरीले मिलापत्रपछि छाडेकाे छ ।

मंगलबार राति मोरङको बेलबारी नगरपालिका-४ का जीवन कार्कीमाथि कुटपिट गरेको आरोपमा खतिवडा र रमेश भण्डारीलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको थियो ।

बेलबारी-१ स्थित एक होटलमा बसी उनीहरुले मदिरा सेवन गरेको र त्यसक्रममा विवाद हुँदा उक्त घटना भएको हो । त्यसपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

बुधबार साँझ कार्की पक्ष र खतिवडाबीच मिलापत्र भएपछि उनीहरुलाई छाडेको प्रहरीले जनाएको छ।