
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा यी दुई नेताबीच भेटवार्ता भएको हो ।
भेटमा राष्ट्रपति चुनाव तथा सरकारका काम कारबाहीका बारेमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
राष्ट्रपति निर्वाचन नजिकिँदै जाँदा यी दुई नेताको भेट बाक्लिएको हो ।
एमालेले पूर्वसहमति अनुसार राष्ट्रपति एमालेबाट हुनु पर्ने बताएको छ भने माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्