२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


काभ्रेको धुलिखेलमा मिनिट्रक दुर्घटनामा चालकको मृत्यु


182
Shares

काठमाडौं । काभ्रेको धुलिखेलमा मिनिट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् ।

आज बिहान धुलिखेल नगरपालिका–११ पात्लेखेतस्थित बीपि राजमार्गमा बा ५ ख ३०४३ नम्बरको मिनिट्रक दुर्घटना हुँदा चालक रामेछापको मन्थली नगरपालिका–१४ फुलासी पोखरी निवासी ३५ वर्षीय अभिजल काफ्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक काफ्लेको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा मिनिट्रकका सहचालक दोलखाको मेलुङ गाउँपालिका–६ निवासी १७ वर्षीय कुवेर ठकुरी घाइते भएका छन् ।

मिनि ट्रक सडकबाट अन्दाजी दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।