२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


हलिउड अभिनेत्री रक्वेल वेल्चको निधन


559
Shares

एजेन्सी । हलिउड चर्चित अभिनेत्री रक्वेल वेल्चको निधन भएको छ । वेल्चको ८२ वर्षको उमेरमा बिहीबार निधन भएको हो ।

सन् १९६० को दशकमा आफ्नो सुन्दरताका कारण दर्शकको मनमा बस्न सफल उनी लामो समयदेखि बिरामी थिइन । वेल्चको अस्वस्थता कै कारण निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

वेल्चको निधनको खबरलाई उनका प्रबन्धक स्टिभ साउरले सार्वजनिक गरेका हुन् । वेल्चले ५० वर्षको अभिनय करियरमा ३० फिल्म र ५० टेलिसिरियल अभिनय गरेकी थिइन् । यसको अलवा उनले धेरै प्रोजेक्टमा क्यामियो पनि गरेकी थिइन् । बोल्ड क्यारेक्टरका लागि दर्शक माझ चर्चित उनले ‘गोल्डेन ग्लोब’ अवार्ड पनि हात पारेकी थिइन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार वेल्चको परिवारमा छोरा डेमन वेल्चे र छोरी टाउनी वेल्चे छन् । फिल्म ‘वान मिलियन वर्ष ईसा पूर्व’ मा अभिनय गरेको कारण उनलाई ‘सेक्स सिम्बल’ र ‘सेक्स बम’को नाम दिइएको थियो ।

साथै वेच्चका चर्चित फिल्म ‘१०० राइफल्स’, ‘द प्रिन्स एण्ड द पपर’, ‘चेयरम्यान अफ द बोर्ड’ र ‘लिगली ब्लोन्ड’ जस्ता धेरै छन् ।