७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


स्कटल्यान्डलाई स्तब्ध पार्ने दाउमा नेपाल


182
Shares

काठमाडौं । आईसीसी विश्वकप लिग–टू क्रिकेट अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय श्रृंखलामा शुक्रबार नेपाल र तीन खेल अगावै विश्वकप लिग टूको विजेता बनेको स्कटल्याण्ड भिड्दैछन् ।

किर्तीपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबारबाट सुरू भएको श्रृंखलाको यो तेस्रो खेल हो । खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।

पहिलो खेलमा नामिबियालाई पराजित गरेका दुवै टोली शुक्रबार दोस्रो जितको खोजीमा रहेका छन् । नेपाल घरेलु मैदान, समर्थक र वातावरणको फाइदा उठाउँदै स्कटल्यान्डलाई स्तब्ध पार्न दाउमा छ ।

स्कटल्याण्डविरुद्ध नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा चार खेल खेलेकोमा १ खेलमा मात्र जित हात पारेको छ ।

नेपाल २५ खेलमा ९ मा जित र १४ मा हारसहित २० अंकका साथ छैटौं स्थानमा छ । तीन खेल अगाडि नै च्याम्पियन बनेको स्कटल्यान्ड ३३ खेलमा २३ मा जित र ८ मा हारसहित ४८ अंकका साथ शीर्ष स्थानमा छ ।