१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


स्कटल्याण्डविरुद्ध बलिङ गर्दै नेपाल


156
Shares

काठमाडौं । आईसीसी विश्वकप लिग-टु को त्रिदेशीय सिरिज अन्तर्गत स्कटल्याण्डविरुद्ध नेपालले सुरुवातमा बलिङ गर्ने भएको छ ।

टियु क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । यस्तै, स्कटल्याण्डले केही बेरमा नेपालविरुद्ध ब्याटिङ गर्नेछ ।

पहिलो खेलमा नामिबियालाई पराजित गरेका दुवै टोली आज दोस्रो जितको खोजीमा छ ।

एकदिवसीय अन्तराष्ट्रियमा स्कटल्याण्डविरुद्ध नेपालले पहिलो पटक घरेलु भूमिमा खेल्न लागेको हो ।