
काठमाडौं । चर्चित गायिका तथा डाक्टर त्रिशला गुरुङले सङ्गीतकर्मी रोहित शाक्यसँग विवाह गरेकी छिन् ।
बिहीबार राजधानीमा त्रिशला र रोहितले आफन्तजनको उपस्थितिमा हिन्दु परम्परा अनुसार विवाह गरेका हुन् ।
रोहितको इन्स्टाग्राम स्टोरीमा विवाहका केही भिडियो र तस्बिर ट्याग गरिएका छन् । गत भदौमा त्रिशलाले आफू रोहितसँग प्रेम सम्बन्धमा रहेको खुलाएकी थिइन् ।
तर, यसलगत्तै उनले प्रेम सम्बन्धमा रहेको कुरा सत्यता नभएको अभिव्यक्ति दिएकी थिइन् ।
गायिका त्रिशला कभर गीत गाएर चर्चामा आएका थिइन् । उनी पेसाले डाक्टर हुन् । अत्तरखेलस्थित नेपाल मेडिकल कलेजबाट एमबिबिएस पढाइ सकाएकी उनी संगीत क्षेत्रमा पनि सक्रिय छिन् ।
प्रतिक्रिया दिनुहोस्