२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौंमा


416
Shares

काठमाडौं । भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौं आइपुगेका छन् ।

नेपाली सेनाको २६०औं स्थापना दिवस कार्यक्रममा भाग लिन विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र दलवीरसिंह सुहाग बिहीबार काठमाडौं आइपुगेका हुन् ।

यसैगरी भारतीय सेनाका पूर्वप्रमुख मनोजमुकुन्द नरवाने भने शनिबार बिहान नेपाल आउने छन् ।

नेपाली सेनाले भारतीय वर्तमान सेना प्रमुखसहित १२ जनालाई समारोहमा भाग लिन निम्ता पठाएको थियो ।

सैनिक मुख्यालयमा भारतीय पूर्वसेना प्रमुखहरुसँग नेपालका पूर्वप्रधानसेनापतिहरु र वर्तमान प्रधानसेनापतिबीच औपचारिक छलफल हुनेछ ।