
Web Pic
काठमाडौं । डोटीको के आई सिंह गाउँपालिका–१ लोलीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।
दिपायलबाट घाँटलायातर्फ जाँदै गरेको सुपप्र–०१२३–००१ च ३३२९ नम्बरको जीप केआईसिंह गाउँपालिका–१ स्थित लोली भन्ने स्थानमा दुर्घटना हुँदा जीप चालक सोही ठाउँ बस्ने ३६ वर्षीय गोविन्द शाही र केआइसिंह–२ जारिमभाडी बस्ने ४१ वर्षीय धनबहादुर तिरुवाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
यस्तै, दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने बाँकी चार जना सामान्य उपचार पछि घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस्