१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चलचित्र ‘ज्याकी : आई एम ट्वान्टी वान’को फर्स्टलुक सार्वजनिक


143
Shares

काठमाडौं । चलचित्र ‘ज्याकी :आई एम ट्वान्टी वान’को फर्स्टलुक टिजर सार्वजनिक भएको छ ।

आगामी बैशाख २१ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै शुक्रबार युट्युब मार्फत सार्वजनिक गरिएको फर्स्टलुक टिजरमा अभिनेता धिरज मगर मात्र फिचर्ड छन् ।

सार्वजनिक उक्त फर्स्टलुक टिजरमा डान्समा रुचि राख्ने पात्रको रुपमा उनको चरित्र चित्रण गरिएको छ । कोरियोग्राफर रेनशा वान्तवा राईद्वारा निर्देशित यस चलचित्रमा धिरजको अलावा जसिता गुरुङ र अरुण क्षेत्रीको पनि मुख्य भूमिका रहेको छ ।

नृत्यकथामाथि निर्माण भएको चलचित्रको निर्मातामा प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबरा छन् । चलचित्रमा रोहित शाक्य र कालिप्रसाद बाँस्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन, द वाइर्ल्ड रिप्पर्ज क्रुको कोरियोग्राफी छ ।

आइकोर फिल्म्सको ब्यानरमा निर्माण हुने यस चलचित्रलाई काठमाडौं, धरान र ललितपुरमा छायांकन गरिएको छ ।