१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पोखरा म्याराथनको उपाधि लगातार दोस्रो पटक केन्याका स्टेफेनलाई


351
Shares

काठमाडौं । पोखरा म्याराथनको उपाधि केन्याका धावक स्टेफेन कोस्गेइले लगातार दोस्रो पटक जितेका छन् ।

शनिबार बिहान पोखरा रंगशालाबाट सुरू भएको दौडमा उनले निर्धारित ४२.१९५ किमी दुरी २ घण्टा २० मिनेट ७ सेकेण्डमा पुरा गर्दै उपाधि जितका हुन् ।

उनले अघिल्लो पटक सो दुरी २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पुरा गरेका थिए ।

यसैगरी, दोस्रो स्थानमा पनि केन्याका जुलियस मुरौकी रहे । उनले दुरी २ घण्टा २० मिनेट ३७ सेकेन्डमा पूरा गरे । नेपाल आर्मीका होमलाल श्रेष्ठले २ घण्टा २५ मिनेट २४ सेकेण्डमा पूरा गर्दै तृतीय भए ।

त्यस्तै, महिला सहभागी हाफ म्याराथनमा नेपाल पुलिसकी राजपुरा पछाई प्रथम भएकी छिन् । उनले २१ किमी दुरी १ घण्टा २१ मिनेट ११ सेकेण्डमा पूरा गरिन् ।

एपिएफकी वृन्दा श्रेष्ठले निर्धारित दूरी १ घण्टा २६ मिनेट २८ सेकेण्डमा पूरा गर्दै दोस्रो भइन् भने आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले १ घण्टा ३१ मिनेट ४ सेकेण्डमा पूरा गरि तेस्रो भइन् ।

पोखरा म्याराथनमा उपाधि विजेता स्टेफेनले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । द्वितीय सिमोनले ३ लाख र तृतीय मोहनले २ लाख रुपैयाँ पाएका छन् ।

यसैगरी महिला हाफ म्याराथनमा बिजेता राजपुराले १ लाख ५० हजार, द्वितीय वृन्दाले १ लाख तृतिय पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ पुरस्कार पाएकी छिन् ।