१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


टर्की भूकम्पको भग्नावशेषमा फुटबलर अत्सु मृत भेटिए

टर्की र सिरिया भूकम्प: ४५ हजार बढीकाे मृत्यु

208
Shares

एजेन्सी । टर्कीमा गत हप्ता गएकाे भूकम्पकाे भग्नावशेषमा घानाका फुटबलर क्रिस्टियन अत्सु मृत अवस्थामा भेटिएका छन् ।

शनिबार उनको मृत शरीर भग्नावशेषबाट निकालिएको हो । यहि फेब्रुअरी ६ मा गएको भूकम्पमा हतायस्थित अत्सु बसेको भवन भत्किएको थियो । फेबु्रअरी ६ यता अत्सु सम्पर्क विहीन भएका थिए । शनिबार उद्धार टोलीले ३१ वर्षीय अत्सुको मृत शरीर भग्नावशेषबाट निकालेको बताएकाे छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इंग्लीश प्रिमियर लिग क्लब एभर्टन, चेल्सी र न्युक्यासल युनाइटेडसँग खेलेपछि अत्सु गत वर्ष सेप्टेम्बरमा ह्याटेस्पोरमा आवद्ध भएका थिए । ह्याटेस्पोरले उनको मृत्युको खबरसँगै श्रद्धाञ्जली व्यक्त गरेको छ ।

घानाको राष्ट्रिय टोलीका खेलाडी अत्सुको मदतमा सन् २०१५ मा अफ्रिका कप फाइनलमा पुर्याएका थिए । टर्कीमा गत साता गएको भूकम्पमा परी टर्की र छिमेकी सिरियामा गरी ४५ हजार भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।

हजारौं मानिस घाइते हुनुका साथै थुप्रै वेपत्ता भएका छन् ।