
काठमाडौं । चलचित्र निर्देशक सुदर्शन थापा र सञ्चारकर्मी एवं मोडल सुप्रिया कटुवाल बाबुआमा बनेका छन् ।
शनिबार शिवरात्रीको दिन सुप्रियाले फ्रन्टलाइन अस्पतालमा छोरालाई जन्म दिएकी हुन् ।
सुदर्शनले छोराको आगमन भएको भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् ।
उक्त पोस्टमा उनले छोरा र श्रीमतीको तस्बिर सार्वजनिक गर्दै भनेका छन्,’हामी आफ्नो खुशीको परिचय दिन पाउँदा धन्य छौं’ भन्दै छोराको नाम प्रियदर्शन थापा राखेको बताएका छन् ।
लभस्टोरी फिल्म निर्देशनमा आफूलाई अब्बल प्रमाणित गरिसकेका सुदर्शनले निर्देशन गरेको चलचित्र ‘प्रसाद’ को छायांकन हालै सकिएको छ । सुप्रियाले ‘साँढे सात’ नामक चलचित्रका साथै दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेकी छन् ।
२०७८ असोजमा विवाह बन्धनमा बाँधिएका सुदर्शन र सुप्रिया लामो समय देखि प्रेम सम्बन्धमा थिए ।
प्रतिक्रिया दिनुहोस्