५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


पाकिस्तान प्रहरीमाथि आक्रमण गर्ने तालिवानको चेतावनी


416
Shares

एजेन्सी । पाकिस्तानमा तालिवान समूहले प्रहरीमाथि थप आक्रमण गर्ने चेतावनी दिएपछी पाकिस्तानाम सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) ले शनिबार एक विज्ञप्ती जारी गर्दै दास सेनासँगको सम्बन्धबाट प्रहरी टाढै बस्नुपर्ने अन्यथा उच्च प्रहरी अधिकारीहरूको सुरक्षित आश्रयस्थलमा आक्रमण जारी रहने चेतावनी दिएको हो ।

कराँचीस्थित प्रहरी परिसरमा भएको आत्मघाती आक्रमणमा परी चार जनाको मृत्यु भएको एक दिनपछि पाकिस्तानी तालीवानको यस्तो चेतावनी आएको हो ।

तालिवान विरुद्धको लडाइँमा प्रहरीलाई अग्रपंक्तिमा प्रयोग गरिने भएकाले प्रहरी नै तालिवानको निशानामा पर्ने गरेका छन् ।

गत महिना उत्तरपश्चिमी शहर पेशावरको एक प्रहरी परिसरभित्र रहेको मस्जिदमा आत्मघाती आक्रमणकारीले विष्फोट गर्दा ८० भन्दा बढी प्रहरी अधिकारीको मृत्यु भएको थियो ।

यस्तै गत शुक्रबार कराँचीमा रहेको विशाल प्रहरी कार्यालय परिसरमा आक्रमण गरेपछि प्रहरी र तालिवानी विद्रोहीबीच एक घण्टा लामो गोली हानाहान भएको थियो । आक्रमणमा परी दुई जना प्रहरी अधिकारी, एक जना सेनाका रेन्जर र एक जना सफाइकर्मीको मृत्यु भएको थियो ।