१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सातौं निर्वाचन दिवस आज मनाइँदै


130
Shares

काठमाडौं । ‘निर्वाचनमा सबै सधैं सँगै’ भन्ने मूल नाराका साथ आइतबार सातौं निर्वाचन दिवस मनाइँदैछ ।

वि.सं. २०१५ फागुन ७ गते आम निर्वाचन प्रारम्भ भई बालिग नेपालीले मताधिकारको उपयोग गर्न पाएको दिनलाई स्मरण गर्दै निर्वाचन आयोगले वि.सं. २०७३ सालदेखि फागुन ७ गते निर्वाचन दिवस मनाउन थालेको हो ।

यो वर्ष निर्वाचन आयोग तथा आम मतदाताका लागि पनि विशेष वर्षको रूपमा रहेकाले सातौं निर्वाचन दिवस पनि विशेष र अविष्मरणीय रहन गएको छ ।

आयोगका लागि यो वर्ष निर्वाचन वर्षका रूपमा व्यतीत भएको छ । बैशाख ३० गते स्थानीय तह तथा मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको थियो । यही फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।