१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025


लिभरपुल विजयी हुँदा म्यानचेस्टर सिटी रोकियो


169
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले सहज जित हात पार्दा म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा लिभरपुलले न्युकासललाई २–० ले हराएको हो भने सिटी नटिङघम फरेस्टसँग १–१ को बराबरीमा रोकिएको हो ।

लिभरपुलका लागि डार्विन नुनेज र कोडी गाक्पोले एक एक गोल गरे ।

खेलको १० औं मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । १७ औं मिनेटमा गाक्पोले गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए ।

खेलको २२ औं मिनेटमा गोलकिपर निक पोपले रातो कार्ड पाएपछि न्युकासल १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै लिभरपुल २२ खेलबाट ३५ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित न्यूक्यासल २३ खेलबाट ४१ अंक जोडेर चौथो स्थानमा छ ।

अर्को खेलमा सिटीले सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा अंक बाड्नु परेको हो ।

खेलको ४१ औं मिनेटमा बेर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ८४ औं मिनेटमा क्रिस उडले गोल गर्दै नटिङघमलाई १–१ को बराबरीमा ल्याए ।

बराबरीसँगै सिटी २४ खेलबाट ५२ अंकसहित दोस्रो स्थानमा रहेको छ । नटिङहम २५ अंक जोडेर १३ औं स्थानमा छ ।

अन्य खेलहरूमा चेल्सीलाई साउथह्याम्पटनले १–० ले हराएको छ । फुल्हमले ब्राइटनलाई १–० ले हराउँदा एभर्टनले लिड्स युनाइटेडलाई तथा बर्नमाउथले वुल्भरह्याम्पटन वान्डरर्सलाई १–० ले पराजित गरेको छ ।