३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


बढ्यो सुनचाँदीको मूल्य


559
Shares

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख २ हजार ५ रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ७ सय रूपैयाँले बढेर एक लाख ३ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख २ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि आइतबार १५ रूपैयाँले बढेर १ हजार २९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।