३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


पूर्व राजा ज्ञानेन्द्रले राखेको प्रस्तावको कुनै औचित्य नरहेको एमाले अध्यक्ष ओलीको भनाई


91
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दल र राजसंस्थाबीच सहकार्य गर्न गरेको प्रस्तावको कुनै औचित्य नरहेको बताउनु भएको छ ।

आइतबार विराटनगर विमानस्थलमा संचारर्कीहरुसँगको कुराकानीमा अध्यक्ष ओलीले पूर्वराजाको प्रस्तावको अर्थ नरहेको बताउनु भएको हो ।

७३ औं प्रजातन्त्र दिवससको अवसरमा पूर्वराजा ज्ञानेन्द्रले एक शुभकानमा शन्देश जारी गर्दै राजसंस्था र राजनीतिक दलहरूबीच सहकार्यको प्रस्ताव अघि सार्नुभएको थियो । त्यसको जवाफ दिदै ओलीले यस्तो बताउनु भएको हो । ओलीले दुइचार जना मान्छे वरीपरी देखिने बित्तिकै पूर्व राजा जोस्सिने गरेको उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले जनताले शासन हातमा लिएको १५ वर्ष मात्रै भएको र ‘२४० वर्ष भन्दा बढी उहाँहरुले (राजतन्त्र) नै चलाएको होइन, उहाँहरुले देश कहाँ पु¥याउनुभएको थियो ?’ भनेर प्रश्न गर्नुभयो ।