
काठमाडौं । सुनसरीको इनरुवामा पहिलो इनरुवा उत्सव तथा प्रदेश १ स्तरीय चलचित्र महोत्सव सुरु भएको छ ।
प्रदेश १ का संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले इनरुवा उत्सव तथा प्रदेश १ स्तरीय चलचित्र महोत्सवको उद्घाटन गर्नुभएको हो ।
फागुन १७ गतेसम्म चल्ने महोत्सव इनरुवा नगरपालिकाको संयोजनमा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले आयोजना गरेको हो । उद्घाटन कार्यक्रममा इनरुवामा योगदान पुर्याउन विभिन्न विधातर्फ उत्कृष्ट व्यक्तिहरुलाई सम्मान गरिएको छ ।
चलचित्र प्रदेशमा नै नभइरहेको अवस्थामा इनरुवामा जमर्को गरी प्रदेश स्तरीय चलचित्र महोत्सव गर्ने क्रममा विविध विधा र कार्यक्रसँगै आयोजनामा ल्याइएको बताइएको छ । आयोजकका अनुसार महोत्सवमा प्रदेश १ मा निर्माण गरिएका दुई दर्जन छोटा तथा लामा चलचित्र प्रदर्शन गरिनेछ ।
उत्सव तथा महोत्सवका अन्य कार्यक्रमहरुमा जातिय पहिरन प्रदर्शन, बेहुली सुन्दरी प्रतियोगिता, बेबी फेन्सी लगायतका प्रतियोगितासहित राष्ट्रिय कलाकारको उपस्थितिमा सांगीतिक प्रश्तुति हुनेछ ।
प्रतिक्रिया दिनुहोस्