
एजेन्सी । दक्षिण भारतीय चर्चित निर्देशक एसके भगवानको निधन भएको छ ।
भगवानको सोमबार बिहान ८९ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
भारतका कर्नाटकका मुख्यमन्त्री बसवराज बोम्मईले सामाजिक सञ्जाल मार्फत सो खबरको पुष्टि गरेका हुन् । मुख्यमन्त्रीले एसके भगवानको निधनमा शोक समेत व्यक्त गरेका छन् ।
उमेरको कारणले गर्दा बिरामी परेका भगवान निजी अस्पतालमा उपचार गराइरहेका थिए । भगवानले सन् १९५६ मा प्रभाकर शास्त्रीको भाग्योदयबाट सहायक निर्देशकको रूपमा आफ्नो फिल्मी करियर सुरु गरेका थिए। सन् १९६६ मा रिलिज भएको कन्नड फिल्म ‘सन्ध्य राग’ बाट उनी निर्देशक बनेर काम गर्न थालेका थिए ।
भगवानले कस्तुरी निवास, इरादु सोयम, बयालु दारी, गिरी कान्ये, होसा लेकुक लगायत थुप्रै फिल्म निर्देशन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्