
सिन्धुली । सिन्धुलीमा लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कमलामाई नगरपालिका-९ चोरखोलामा ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरी टोलीले सवारी चेकजाँचको क्रममा दुई जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको हाे । वीपी राजमार्गमा सवारी चेकजाँच गर्ने क्रममा हाइयसमा सवार काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वरका २० वर्षीय अस्मित केसीलाई लागू औषधसहित प्रहरीले पक्राउ गरेकाे हो ।
झापाबाट काठमाडाैंतर्फ जाँदै गरेको बा ४ ख ८०९ नम्बरको हायसमा सवार केसीको साथमा रहेको निलो रंगको झोलाभित्र रहेको कालो रंगको जिन्स पाइन्टभित्र कालो रङको प्लाष्टिकमा पोकाेपारी लुकाई छिपाई राखेको लागू औषध फेला पारेको प्रहरीले बताएकाे छ ।
केसीको साथबाट लागू औषध नाइट्रोभेट १० लेखिएको ४ सय ४३ पिस ट्याब्लेट १६ पत्ता, डाइजापाम लेखिएको एम्पुल ९७ पिस, फेनारजन लेखिएको एम्पुल ९७ पिस, नाम स्टिकर नभएको एम्पुल ९८ पिस र नरफिन लेखिएको ६ पत्तामा जम्मा १ सय ८ पिस लेबलिङ स्टिकरसहित फेला पारेको प्रहरीले बताएकाे छ । केसीलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय भिमानमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे हाे ।
त्यस्तै, शनिबार सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ६७८१ नम्बरको यात्रुवाहक उइनरलाई चेकजाँच गर्ने क्रममा सोही उइनरको सिट नम्बर ३ मा सवार सर्लाही हरिवन नगरपालिका-३ का ३३ वर्षीय रामेश्वर सिंहलाई लागू औषधसहित प्रहरीले पक्राउ गरेको छ । चेकजाँच गर्ने क्रममा सिंहको साथमा रहेको खैरो रंगको झोलाभित्र ५ सय एमएलको कोकाकोलाको बोत्तलमा अन्दाजी ४ सय ८० एम एल लागू औषध कोरेक्स लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको थियो ।
यता जनकपुरबाट काठमाडाैंतर्फ जाँदै गरेको बा ३ ख ७७९४ नम्बकोे यात्रुवाहक हायसलाई चेकजाँच गर्ने क्रममा सोही हायसमा सवार धनुषा मुखियपट्टी मुसरनियाँ गाउँपालिका-४ का २२ वर्षीय सन्तोष कुमार यादवलाई प्रहरीले पक्राउ गरिएको बताएकाे छ । निज यादवको साथमा रहेको झोलाबाट नेपाली राहदानी थान १५ प्रहरीले फेला पारेको थियो ।
प्रहरी टोलीले सोधपुछ गर्दा आर्थिक प्रलोभन देखाएकोले राहदानीसहित यादवलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।
प्रतिक्रिया दिनुहोस्