१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘छड्के-२’मा ग्याङस्टरको भूमिकामा अनमोल


455
Shares

काठमाडौं । अभिनेता अनमोल केसी अभिनित नेपाली चलचित्र ‘छड्के–२’ रिलिजको संघारमा छ ।

यही फागुन १९ गते रिलिज हुने चलचित्रको मुख्यभूमिकामा अनमोल छन् । अनमोल मुख्य भूमिकामा रहेकाले पनि यो चलचित्र प्रतिक्षित बनेको छ । अनमोलको स्टारडमका कारण पनि चलचित्र प्रतिक्षित बनेको हो । अनमोल नेपाली सिने कलाकारमा सबैभन्दा लोभ लाग्दो क्रेज भएका अभिनेता हुन् । त्यसैले उनका हरेक चलचित्र दर्शक माझ प्रतिक्षित बन्ने गरेका छन् ।

ग्याङस्टरको कथा प्रस्तुत गर्ने यस चलचित्रले तीन वटा ग्याङ रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङको कथा प्रस्तुत गरेको छ । चलचित्रमा तीन वटा ग्याङमध्ये एउटा ग्याङको नेता अनमोल हुन् । जसको शरीरभरी ट्याटु हुन्छ । हातमा सधै खुँडा हुन्छ । बुलेट बाइक चढ्ने उनले आफ्नो ग्याङको नेतृत्व शानका साथ गरिरहेका अहिलेसम्म बाहिर आएका चलचित्रको कन्टेन्टले देखाएको छ ।

चलचित्रमा ग्रीन ग्याङको नेता अनमोल छन् । उनी मेनडगको भूमिकामा छन् । अनमोलको यो पहिलो ग्याङस्टर चलचित्र हो । रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङबीचको लडाइँमा चलचित्र केन्द्रित छ । यही बुधबार चलचित्रको ट्रेलर रिलिज हुँदैछ ।

निगम श्रेष्ठको निर्देशन रहेको चलचित्रको लेखक पनि उनी स्वयं हुन् । चलचित्रमा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरन्जिबी अधिकारी, कुमार घलानलगायत कलाकारको अभियन रहेको छ ।

निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको व्यानरमा निर्मित यस चलचित्रमा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता रहेका छन् भने कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।

मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन रहेको चलचित्रमा राजकुमार उप्रेतीको एक्सन र रवि चौधरी र लोकेश बज्राचार्यको सम्पादन छ ।