१३ बैशाख २०८२, शनिबार | Sun Apr 27 2025

देशका केही भागमा आज वर्षा र हिमपात हुने


195
Shares

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

मंगलबार बिहान प्रदेश-१, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । त्यस्तै, बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार दिउँसो भने प्रदेश-१ लगायतका देशका पहाडी भू-भागमा भने आंशिकदेखि सामान्य बदली हुनेछ। त्यस्तै, देशका बाँकी भू-भागहरूमा भने आंशिक बदली रहनेछ। त्यस्तै, प्रदेश-१ का पहाडी भ-भागका केही स्थानमा भने हल्का वर्षाको समेत सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।

मंगलबार राति भने प्रदेश-१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा भने आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, देशका बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ। त्यस्तै, प्रदेश-१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।