१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् ?


845
Shares

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनको मूल्य घटेको छ भने चाँदी स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ३ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार २ सय रूपैयाँले घटेर एक लाख ३ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख २ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य भने मंगलबार स्थिर रहेर १ हजार २९० रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।