
एजेन्सी । चर्चित हलिउड स्ट्यान्डअप कमेडियन एवं अभिनेता रिचर्ड बेल्जरको निधन भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनकाे गत आइतबार ७८ वर्षको उमेरमा उनको निधन भएको हो । उनको निधनको खबरले प्रशंसकहरु गहिरो शोकमा परेका छन् ।
उनको निधन फ्रान्सको ब्युलिउ सुर मेर शहरमा भएको हो । स्ट्यान्ड अप कमेडियनको रूपमा आफ्नो करियर सुरु गरेका रिचर्डले थुप्रै फिल्महरुमा काम गरिसकेका छन् ।
उनी विशेषगरी ‘जोन मुन्च’को भूमिकाका लागि परिचित छन् । उनले ‘होमिसाइड: लाइफ अन द स्ट्रिट’ र ‘ल एन्ड: अर्डरस् एसभीय’ शोहरूमा यो चरित्र निभाएका थिए ।
चार दशकभन्दा लामो समयसम्म उनले ‘जोन मुन्च’ पात्रलाई निभाउन अत्याधिक मेहनत गरेका थिए । जसलाई प्रशंसकहरूले कहिल्यै बिर्सिने छैनन् । उनको व्यावसायिकता, प्रतिभा र कामप्रतिको समर्पणले उनलाई चलचित्र उद्योगमा अमर बनाएको छ ।
त्यस्तै, एनबीसी र युनिभर्सल टेलिभिजनले पनि रिचर्डरलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । तर, उनकाे निधन के कारणले भएकाे हाे भनेर खुलाइएकाे छैन् ।
प्रतिक्रिया दिनुहोस्