७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


अरुको निम्ति मात्र बलिदान दिन नसक्ने माधव नेपालको भनाई


806
Shares

दाङ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रपति उम्मेदवारबारे अहिलेनै आफुले केही नबोल्ने बताउनु भएको छ ।

लुम्बिनी प्रदेशस्तरीय कार्यकर्ता भेलामा सहभागी हुन मंगलबार दाङ पुग्नु भएका नेपालले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै राष्ट्रपतिबारे आफूले र आफ्नो पार्टीले अझै नसोचेको बताउनु भएको हो ।

तर उहाँले पावर सेयरिङमा भने आफ्नो पार्टीको पनि भूमिका हुनुपर्ने बताउनुभयो । अध्यक्ष नेपालले पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्ने र आफूहरुले अरुको निम्ति मात्र बलिदान दिन नसक्ने उल्लेख गर्नुभयो । उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको भन्ने समाचारबारे मिडियामा आएका सबै कुरा सत्य नहुने बताउनुभयो ।

नेपाल र ओलीबीच राष्ट्रपतिको उम्मेदवारबारे भेटवार्ता भएको र ओलीले नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गर्नुभएको समाचार बाहिर आएको थियो । नेकपा एकीकृत समाजवादीका नेता एवं सांसद मेटमणी चौधरीले कहीं कतैबाट औपचारिक रुपमा यस्तो प्रस्ताव नआएको र त्यो अफवाह मात्रै भएको बताउनु भएको छ ।