
कपिलवस्तु । समाजमा बोक्सी हुँदैछ भन्ने विषयमा जनचेतना जगाउन कपिलवस्तुको बुद्धभुमी र महाराजगंज नगरपालिकामा भिडियो डकुमेन्ट्री प्रदर्शनको कार्यक्रम गरिएको छ ।
उक्त कार्यक्रममा राष्ट्रिय जागरण प्रतिष्ठानका अध्यक्ष कोविद सरण उपाध्यायको ‘अग्नि दहन’ नामक भिडियो डकुमेन्ट्री देखाइएको छ ।
करिब दुई हजारको उपस्थितिमा बुद्धभूमी नगरपालिकाको गौतमबुद्ध मा. वि.का विद्यार्थी र महाराजगन्ज नगरपालिका ११ बनगाईमा बोक्सी कु-प्रथा विरुद्धको सचेतनामुलक राष्ट्रिय अभियान अन्तर्गतको डकुमेन्ट्री देखाइएको हो।
परम्परागत रुढीबादी बिचार त्याग गर्दै २१ औं शताब्दिको वैज्ञानिक युगमा डाक्टर तथा स्वास्थ्यकर्मीमा विश्वास गरेर स्वस्थ्य जीवन जिउन, र समाजमा बोक्सीको भ्रमबाट माथि उठ्न प्रतिष्ठानले सबैलाई आग्रह गरेको छ ।
समाजमा अशिक्षा व्याप्त रहेको र अशिक्षाकै कारण बोक्सी कु-प्रथा तथा विभिन्न हिम्सात्मक अपराध भै रहेकोमा कु-प्रथालाई जरै देखि उखेल्न थप प्रयासको आवश्यकता रहेको समाजका अगुवाहरु बताउछन् ।
प्रतिक्रिया दिनुहोस्