
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन आग्रह गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा लोसपाका नेताहरुले ठाकुरलाई राष्ट्रिय सहमतिको राष्ट्रपति उम्मेदवार बनाउन आग्रह गरेका थिए । त्यसमा प्रधानमन्त्री लाहालले आफू सकारात्मक रहेको जवाफ दिनुभएको लोसपाका एक नेताले बताए ।
ठाकुरले पनि प्रधानमन्त्री दाहालसँग आफूलाई राष्ट्रपतिका लागि सहयोग गर्न आग्रह गर्नुभएको ती नेताको भनाई छ । राष्ट्रपतिमा नेपाली कांग्रेस,एमाले र नेकपा माओवादी केन्द्रबीच सहमति नबनिरहेका बेला लोसपाका नेताहरु ठाकुरलाई राष्ट्रपति बनाउन प्रस्ताव लिएर बालुवाटार पुगेका हुन् ।
निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आउँदो शनिवार (फागुन १३ गते) उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरेको छ भने फागुन २५ गते मतदान गर्नेगरी कार्यताकिका सार्वजनिक गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्